घट्यो सुन–चाँदीको भाउ


२२ भाद्र २०७६, आईतवार
gold

काठमाडौं, २२ भदौं । हप्ताको पहिलो दिन आइतबार सुनचाँदीको भाउ घटेको छ ।
सुन आइतबार तोलामा ५ सय रुपैयाँ घटेर तोलाको ७१ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गएको शुक्रबार एकै दिन तोलामा १४ सय रुपैयाँ घटेको सुनको भाउ आइतबार तोलामा ५ सय रुपैयाँ घटेको हो ।

यस्तै, चाँदी तोलामा १५ रुपैयाँ घटेर तोलाको ८ सय ८५ रुपैयाँमा कारोबार भैरहेको छ । गएको शुक्रबार चाँदी तोलामा ४० रुपैयाँ घटेको थियो । तिजमा सुन महँगो भएपछि सुनको गहना लगाउन नपाएकाहरुलाई भाउ घटेसँगै दशैंमा सुनका गहना लगाउन केहि राहत मिल्ने देखिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७