विप्लवका छोरा प्रकाश चन्द चितवनबाट पक्राउ


२५ भाद्र २०७६, बुधबार
Parkash Chanda प्रकाश चन्द

चितवन, २५ भदौ :  प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’का छोरा प्रकाश चन्द पक्राउ परेका छन् ।

चन्दलाई बुधबार बिहान चितवन मेडिकल कलेजबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक शालिग्राम शर्माले जानकारी दिए ।

चितवन मेडिकल कलेजले अवैध शुल्क असुलेको भन्दै विरोध प्रदर्शन गरिरहेका छन् । प्रकाशले यो आन्दोलनको नेतृत्व गर्दै आएका छन् ।

विप्लव माओवादी निकट स्वास्थ्यकर्मी संघका केन्द्रीय महासचिव हुन् । उनी सहित १५ विद्यार्थी चितवनमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा १० जना पुरुष र ७ जना महिला रहेका छन्। 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७