अमेरिकालाई किन चिढ्याउँदै छन् प्रचण्ड ?


२६ भाद्र २०७६, बिहीबार
Prachanda

काठमाडौं, २६ भदौं । गत माघ (जनवरी २३) मा भेनेजुयलाका निर्वाचित राष्ट्रपति निकोलस मडुरोलाई चुनौती दिंदै प्रतिपक्षी नेता उवान गुवाइडोले आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरेपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहालले त्यसको कडा आलोचना गरे ।

गुवाइडोका पक्षमा अमेरिकाले समर्थन जनाएपछि त्यसको विरोधमा दाहालले विज्ञप्ति समेत जारी गरे ।
घटना २
साउन दोस्रो साता क्युवाली प्रतिनिधिको समेत उपस्थितिमा काठमाडौंमा आयोजना गरिएको क्युवाप्रति ऐक्यबद्धतासम्बन्धी नवौं एसिया प्रशान्त क्षेत्रीय सम्मेलनमा दाहालले अमेरिकी प्रतिबन्धविरुद्धको क्युवाली संघर्षमा ऐक्यबद्धता जनाए ।

राजनीतिक विश्लेषक विष्णु सापकोटा दाहालले एकपछि अर्के गर्दै अमेरिकालाई चिढ्याउने अभिव्यक्ति दिनुलाई ‘सरप्राइज’ भन्छन् । नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७