पिएसजीद्वारा रियाल मड्रिड पराजित, म्यान्चेस्टर सिटी र बायर्न म्युनिख विजयी


२ आश्विन २०७६, बिहीबार
psg

काठमाडौं, २ असोज । युरोपियन च्याम्पियन्स लिग फुटबलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले रियाल मड्रिडलाई पराजित गरेको छ ।

गए राति फ्रान्समा भएको खेलमा घरेलु टोली पिएसजीले स्पेनको रियाल मड्रिडलाई ३–० ले हराएको हो । पिएसजीको जितमा अर्जेन्टाईनी खेलाडी एन्जल डि मारियाले दुई तथा थोमस मुनियरले एक गोल गरे । डि मारिया रियाल मड्रिडकै पूर्व खेलाडी हुन् ।

च्याम्पियन्स लिगकै अर्को खेलमा बेल्जियमको क्लब ब्रुज र टर्कीको गालातासारेले गोलरहित बराबरी खेलेका छन् । युएफा च्याम्पियन्स लिग समुह बि को खेलमा जर्मनीको बायर्न म्युनिखले सर्वियाको रेडस्टार बेलग्रेडलाई ३–० ले हराउँदा ग्रिसको ओलम्पियाकोस र इङ्गल्याण्डको टोटनह्याम हट्सपरले २–२ गोलको बराबरी खेले ।

अर्को इंग्लीश क्लब म्यान्चेस्टर सिटीले भने गएराति युक्रेनको शख्तरलाई ३–० ले हरायो । यही समुहको अर्को खेलमा युक्रेनको डाइनामो जाग्रेबले इटालीको एटलान्टालाई ४–० ले पाखा लगयो ।

समूह डि को खेलमा स्पेनको एथ्लेटिको मड्रिड र इटालीको युभेन्टसले २–२ गोलको बराबरी खेल्दा रुसको लोकोमोटिभ मस्कोले जर्मनीको बायर लिभरकुजेनलाई उसैको मैदानमा २–१ ले पराजित गर्‍यो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७