राहदानी विधेयकको संशोधन स्वीकृत


२ आश्विन २०७६, बिहीबार
pradeep

काठमाडौं, २ असोज । ‘राहदानी विधेयक, २०७५’ का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधन सर्वसम्मत स्वीकृत भएको छ ।

बिहीबारको संसद बैठकमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले ‘राहदानी विधेयक, २०७५ का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

विधेयकमाथिको छलफलमा भाग लिदै कांग्रेस सांसद पुष्पा भुषालले राहदानी विधेयक केही परिमार्जन गरिए पनि संशोधनमा राज्य सचेत भएर कार्यविधिमा लैजान जरुरी भएको बताइन् ।

त्यस्तै नेमकिपाका सांसद प्रेम सुवालले अफिसियल र डिप्लोमेटिक पासपोर्ट दुरुपयोग रोक्ने प्रवधान राख्न माग गरेका थिए ।

छलफलमा उठेका प्रश्नको जवाफ दिंदै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले केही गम्भीर खालका अपराध रहेको र त्यस्ता अभियोग लागेका व्यक्तिलाई मात्रै नहेरी अरु धेरै मानिस प्रभावित हुने भएकाले त्यसैअनुसारको व्यवस्था विधेयकमा गरिएको बताएका छन् ।

उनले कुटनीतिक राहदानी प्राप्त गर्ने अधिकारीले नै विचार गर्नुपर्ने बताएका थिए । मन्त्री ज्ञवालीका जवाफपछि सभामुख महराले विधेयक सर्वस्वीकृत भएको घोषणा गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७