अरु मन्त्री झण्डावाल गाडीमा, पर्यटनमन्त्री भट्टराई जनतासँगै र्‍यालीमा


३ आश्विन २०७६, शुक्रबार
y4

काठमाडौं, ३ असोज । अरुको भन्दा फरक काम गर्ने शैलीकै कारण विपक्षी राजनीतिक दलका नेता–कार्यकर्ताले समेत रुचाउने सँस्कृत, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराई आज (शुक्रबार) संविधान दिवसका दिन पनि आम सर्वसाधारणको नजरमा परे ।

संविधान दिवसको अवसरमा शुक्रबार सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रममा उनी आम सर्वसाधारणसँगै जुलुसमा सहभागी भएर कार्यक्रमस्थल पुगेका थिए ।

अरु मन्त्रीहरु राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री जस्तै झण्डावाल गाडीमा हुँइकिएर कार्यक्रमस्थल सैनिक मञ्च टुडिँखेल पुगेका थिए । उनीहरुले मञ्चसम्मै गाडी लगेका थिए । तर, झण्डावाल गाडीको त्यो लस्करमा मन्त्री भट्टराई थिएनन् । उनी सैनिक मञ्च नगई पहिले पर्यटन बोर्डको प्राङगण भृकृटीमण्डप पुगेका थिए ।

त्यहाँबाट उनी आफ्नो मन्त्रालयको व्यानरको पछिल्लो भागमा उभिएर सो मन्त्रालय मातहतका कर्मचारी तथा सर्वसाधरणसँगै पैदल यात्रामार्फत भद्रकाली, शहीद गेट हुँदै सैनिक मञ्च पुगेका थिए ।

केहि दिनअघि मन्त्री भट्टराइले विपक्षी दलका नेता शेरबहादुर देउवालालाई उनकै निवास बुढानिलकण्ठमा भेटेर आफ्नो मन्त्रालयका कार्ययोजनाबारे जानकारी गराएका थिए । उनको यो कदमको विपक्षी दलका नेता–कार्यकर्ताहरुले पनि प्रशंसा गरेका छन् ।

त्यति मात्र होइन, मन्त्रालयले हरेक वर्ष नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको नाममा राष्ट्रिय पुरस्कार बाँढ्ने जानकारी पाएपछि उनले ‘विपीका नाममा पुरस्कार छैन ?’ भन्दै इतिहासका सबै गौरबहरुको सम्मान गर्नुपर्ने बताउँदा कर्मचारीहरु नै छक्क परेका थिए ।

त्यसो त फरक शैलीको सन्देश उनले आफ्नो निजी सचिवालय बनाउँदा नै दिएका थिए । प्रायः मन्त्रीहरुले सचिवालमा आफ्ना नातेदार, त्यो नभए पार्टीभित्र पनि आफ्नो गुटकालाई मात्र स्थान दिने गर्छन् ।

तर, उनले आफ्नो सचिवालयमा पार्टीको समेत भावनात्मक एकताको सन्देश दिने गरी पूर्व एमाओवादी कार्यकर्तालाई राखेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७