परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली अमेरिका जाँदै


४ आश्विन २०७६, शनिबार
pradip gyawali

काठमाडौं, ४ असोज ।  परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली संयुक्त राष्ट्रसंघको ७४ औं महासभामा सहभागी हुन आजराती न्यूयोर्क जाँदै छन् । 

प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यका कारण महासभामा सहभागी नहुने भएपछि परराष्ट्रमन्त्री ज्ञवाली न्यूयोर्क जान लागेको हो । 

ज्ञवालीले महासभालाई १३ असोजमा सम्बोधन गर्ने कार्यक्रम छ । यसैगरी नेपाल सार्क राष्ट्रको अध्यक्षको हैसियतले सार्क विदेश मन्त्रीहरुको अनौपचारिक वार्ताको अध्यक्षता गर्ने, अल्पविकसित र भूपरिवेष्ठित देशका मन्त्रिस्तरिय बैठकमा सहभागी हुनेलगायतका कार्यक्रम पनि रहेको परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिए ।

मन्त्री ज्ञवाली १४ असोजमा स्वदेश फर्किने कार्यक्रम छ । 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७