मेस्सी बने फिफा वर्ष खेलाडी, मेगान वर्ष उत्कृष्ट महिला खेलाडी


७ आश्विन २०७६, मंगलवार
messi 1

काठमाडौं, ७ असोज । लियोनल मेस्सी फिफा उत्कृष्ट वर्ष खेलाडी घोषित भएका छन् । विश्व फुटबल महासंघ (फिफा) ले सोमबार राति इटालीमा गरेको अवार्ड कार्यक्रममा मेस्सीले उत्कृष्ट वर्ष खेलाडीको अवार्ड जितेका हुन् ।

बार्सिलोनाका कप्तान मेस्सीले मेस्सीले युभेन्टसका क्रिस्टियानो रोनाल्डो र लिभरपुलका भर्जिल भान डाइकलाई पछि पार्दै यो अवार्ड जितेका हुन् । मेस्सीले २०१८(०१९ को सेसनमा ५८ खेलबाट ५४ गोल गरेका थिए ।

त्यस्तै, वर्ष उत्कृष्ट महिला खेलाडीको अवार्ड मेगान रापिनोईले जितिन् । यता, फिफा वर्ष पुरुष प्रशिक्षकको अवार्ड लिभरपुलका जोर्गेन क्लोपले जित्दा महिलातर्फको अवार्ड जिल एलिसले जितिन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७