विश्वको दोस्रो ठूलो टायर उत्पादक कम्पनीको टायर नेपालमा लञ्च


८ आश्विन २०७६, बुधबार
misigan

काठमाडौं, ७ असोज । विश्वको दोस्रो ठूलो टायर उत्पादक कम्पनी मिसिलिनका टायर नेपालमा बिक्री सुरु भएको छ । सिप्रदी ट्रेडिङले फ्रान्सको कम्पनी मिसिलिनका टायरको व्यवसायिक बिक्री सुरु गरेको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले नेपालको भौगोलिक अवस्थाका हिसाबले मिसिलिन टायर उपयोगी रहेको बताए ।

पछिल्लो समय नेपालमा सवारी साधनको बिक्री बढ्दो क्रममा रहेको बताउँदै त्यही भएर गुणस्तरीय टायर बिक्री गर्न पाउँदा खुशी लागेको मिसिलिनका महाप्रवन्धक प्रदीप थाम्पीले बताए । एक सय ३० वर्षदेखि संचालनमा आएको यो कम्पनीले हाल एक सय ७० मुलुकमा ६९ वटा उत्पादन बिक्री गर्दै आएको छ ।

कम्पनीले नेपालका लागि कमर्सियल, प्यासेन्जर र दुई पांग्रे सवारी साधनको टायर बिक्री गर्नेछ । फ्रान्समा उत्पादित यो कम्पनीले रेडियल टायरको खोज गरेर उत्पादन थालेको हो ।

कम्पनीका टायर प्रयोग गर्दा अधिकतम २० प्रतिशतसम्म इन्धनको बचत हुने अध्ययनले देखाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७