सोङ ताओ स्वदेश फिर्ता


८ आश्विन २०७६, बुधबार
chiniya

काठमाडौं, ८ असोज । चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका प्रमुख सोङ ताओ आज स्वदेश फर्किएका छन् ।

सि जिनपिङ विचाधाराबारे चिनियाँ कम्युनिष्ट पार्टीको धारणा र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिष्ट पार्टीबीचको विचारात्मक छलफल’ कार्यक्रममा सहभागी भएर उनी आज चीन फर्किएको नेकपाका विदेश विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

सोङ ताओलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेकपा स्कूल विभाग उपप्रमुख वेदुराम भुसाल र रिजालले बिदाइ गरेका छन् । कार्यक्रममा सहभागी हुन उनीसहित चिनियाँ कम्युनिष्ट पार्टीका १४ जना नेता सहभागी भएका थिए ।

नेकपाको केन्द्रीय स्कुल विभाग र चिनियाँ कम्युनिष्ट पार्टीको अन्तराष्ट्रिय विभागले आयोजना गरेको कार्यक्रममा सहभागी हुन उनी सोमबार नेपाल आएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७