कृषि विकास बैंक ह्याक प्रकरण : स्याङ्जाबाट थप एक जना पक्राउ


९ आश्विन २०७६, बिहीबार
Ariculture Bank 1

काठमाडौं, ९ असोज । कृषि विकास बैंक ह्याकिङ प्रकरणमा थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाका अनुसार स्याङ्जाबाट रामकृष्ण भुसाल पक्राउ परेका हुन् । भुसाल स्याङ्जा बालिङका हुन् ।

महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले उनलाई स्याङ्जाबाटै पक्राउ गरेको उनले बताए । एसएसपी थापाले उनी प्रतीक्षा निर्माण सेवा कम्पनीका प्रोप्राइटर रहेको बताए । उनको खातामा ६५ लाख रुपैयाँ कृषि विकास बैंकको लहान शाखाबाट पठाइएको भेटिएको थियो ।

काठमाडौं ल्याएपछि उनीसँग विस्तृत बयान लिइने प्रहरीले जनाएको छ । यसअघि प्रकरणमा संलग्न १२ जनालाई बुधबार प्रहरीले सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७