कृषि विकास बैंक ह्याकिङ प्रकरणः थप तीन जना पक्राउ


१० आश्विन २०७६, शुक्रबार
Ariculture Bank 2

काठमाडौं, १० असोज । कृषि विकास बैंक ह्याकिङमा प्रकरणमा संलग्न रहेको अरोपमा थप तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार पक्राउ परेका तीनसँगै हालसम्म १६ जना प्रहरी नियन्त्रणमा छन् ।

महानगरीय अपराध महाशाखाले स्थानीय प्रहरी युनिटको सहयोगमा कञ्चनपुरबाट यज्ञराज भट्ट र पर्वतबाट मालतीदेवी न्यौपाने तथा काठमाडौंको बसपार्कबाट पर्वतका गणेश बस्याललाई पक्राउ गरेको हो ।

कञ्चनपुरबाट पक्राउ परेका भट्टको कृषि विकास बैंक कञ्चनपुर शाखामा रहेको खातामा ४५ लाख र पर्वतबाट पक्राउ परेका न्यौपानेको कृषि विकास बैंककै पर्वत शाखामा २८ लाख रुपैयाँ ट्रान्सर्फमर भएको देखिएपछि उनिहरुलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाले बताए ।

प्रहरीले कञ्चनपुर र पर्वतबाट पक्राउ परेका दुवैजनालाई काठमाडौं ल्याउदैछ । बिहीबार स्याङ्जाबाट पक्राउ परेका रामकृष्ण भुसालले बयानका क्रममा बस्यालको नाम पोलेपछि उनलाई काठमाडौंको बसपार्कबाट महाशाखाको टोलिले शुक्रबार पक्राउ गरेको हो ।

प्रहरीसँगको बयानमा उनले पर्वतका गणेशप्रसाद बस्यालले आफ्नो खाता नम्बर मागेर पैसा हाल्न लगाएको र आफुबाट पटकपटक गरि ४७ लाखको चेक लिएर खाताबाट पैसा निकालिसकेको बताएपछी अपराध महाशाखाको विशेष टोलिले बस्याललाई नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७