हङकङमा सरकार बिरोधी आन्दोलनमा सहभागी नेपाली युवती पक्राउ


१६ आश्विन २०७६, बिहीबार
jeni rai

हङकङ, १६ असोज । हङकङमा सुपुर्दगी विधेयकको विरोधसँगै सुरु भएको सरकार विरोधी आन्दोलनको क्रममा एक नेपाली मूलकी युवती पक्राउ परेकी छिन् । 

चीनको ७०औं राष्ट्रिय दिवसको दिन मंगलबार सडकमा उत्रिएको आन्दोलनकारीलाई नियन्त्रणमा लिने क्रममा नेपाली मूलकी जेनी राई पक्राउ परेको जनाइएको छ । उनीसँगै अर्की एक जना अल्पसंख्यक समुदायकी युवती पनि पक्राउ परेको बताइएको छ ।

उनी नाङ पो लिङ पीएलके सेकेण्डरी स्कुलकी विद्यार्थी थिइन् । उनी अहिले विश्वविद्यालयमा अध्ययनरत छिन् । याउमातेइबाट पक्राउ परेकी उनलाई चेङ सा वान प्रहरी स्टेशनमा राखिएको छ । जहाँ पुगेर परिवारका सदस्यले उनीसँग भेटेका छन् । 

 
 

उनी हङकङका अल्पसंख्यक समुदायका लागि काम गर्ने मानवअधिकार संस्था हङकङ युनिसनमा सक्रिय रहेको बताइएको छ । उनी सरकार विरोधी प्रर्दशनमा पक्राउ पर्ने पहिलो नेपाली भएको समेत हङकङ निवासी नेपालीहरुले बताइरहेको छ । सामाजिक सञ्जालको हङकङ निवासी नेपालीहरुले ३ हजार नेपाली मध्धेकै शाहसी युवती भनेर प्रशंसा तथा शुभकामना समेत व्यक्त गरिरहेका छन् ।

हङकङमा सुपुर्दगी विधेयकको विरोध गर्दे सुरु भएको प्रदर्शन करिब चार महिना भइसक्दा पनि जारी छ । विधेयक खारेज भए पनि मंगलबार आन्दोलनकारी झनै कडा रुपमा सडकमा उत्रिएका थिए ।

   मंगलबार मात्रै ५१ प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।  प्रहरीको गोली लागेर १८ वर्षीय एक जना युवा गम्भिर घाइते भएका थिए । अन्य डेढ दर्जन प्रदर्शनकारी पनि घाइते भएको प्रहरीले जनाएको छ । 

यस्तै  हङकङ विश्वविद्यालयमा अध्ययनरत पाकिस्तानी मूलकी युवती मारियम फातिमा पनि पक्राउ परेकी छिन् ।  

  

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७