कम्युनिष्टको नामलाई कलङ्कित नबनाऊ : नेता नेपाल


१८ आश्विन २०७६, शनिबार
madav

काठमाडौं, १८ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिष्ट पार्टीका नेता–कार्यकर्ता विचार, सिद्धान्तमा निष्ठान भए जस्तै नैतिकवान पनि हुनुपर्ने बताएका छन् ।

उनले कम्युनिष्ट पार्टीकै नाममा कलङ्ग नबन्न नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । पुष्पलाल स्मृति प्रतिष्ठानले शनिबार भक्तपुरमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्वोधन गर्दै नेता नेपालले भने, ‘विगतमा गल्ती गरेको भए सच्चिएर अघि बढौं, तर बदनाम र कलंक बनेर नबसौं ।’

पार्टीको अग्नी परीक्षा शुरु भएको भन्दै नेता नेपालले वडा, नगर, प्रदेश र संघले गरेका कामको जनताले मूल्यांकन गरिरहेकाले हिजो के भयो भन्ने भन्दा पनि आफ्नो कमजोरी स्वीकार गर्नुको विकल्प नभएको बताएका छन् ।

नेपाल र नेपालीको शान र इज्जत बढाउनका लागि जनताको आधारभूत आवश्यकता पूरा गर्नु नै सरकारको दायित्व भएको समेत बताएका छन् ।

आफ्नो सिद्धान्तमा निष्ठावान भएर जात, भूगोल, आफन्त, अनुहार हेरेर, रगत खकार जाँचेर नभई कम्युनिष्टले वर्गको आधारमा प्राथमिकतामा राख्नु पर्ने उनले बताए ।

विधि, मापदण्ड र मूल्याकंन गर्ने काम कम्युनिष्टहरुको भएको भन्दै उनले काम नगर्ने तर पदको लोभ गर्नेलाई त्यो बानी त्याग्न आग्रह गरे । मदिरापान गर्ने बानीले धेरै कुराको हानी गर्ने भन्दै उनले सकेसम्म मासुसम्म कम खाएर चाडपर्व मनाउन पनि आग्रह गरे ।

कार्यक्रममा नेकपाका नेताहरु लिलामणी पोखरेल, दिलिप प्रजापति, सोमप्रसाद मिश्रलगायतले देश र जनताका कामलाई अगाडि बढाउँदै पार्टी एकताको बाँकी कार्यभार पूरा पर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७