यस्तो रह्यो भीआइपीको दशैं (फोटो फिचर)


२१ आश्विन २०७६, मंगलवार
vip

काठमाडौं, २१ असोज । नेपाली चाड विजयादशमी नेपालीहरुले मान्यजनको हातबाट टीका ग्रहण गरेर मनाएका छन् । पञ्चाङ्ग निर्णायक समितिले टीकाको उत्तम साइत बिहान १० बजे ३५ मिनेटका लागि तोकेअनुसारको समयमा धेरैले टीका ग्रहण गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बिहान १० बजेर ३५ मिनेटको शुभसाइतमा आमा मिथिला पाण्डेबाट शितल निवासमा टीका लगाएकी छन् । त्यसपछि उनले आफन्त र सर्वसाधारणलाई टीका लगाई दिएकी थिइन् ।

उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ ’ले बुबा रामसुर पुनको हातबाट टीका ग्रहण गरे । उपराष्ट्रपति भवन, हरितगृहमा ८६ वर्षीय बुबाबाट उनले दशैंको टीका लगाएका हुन् ।
उक्त अवसरमा उपराष्ट्रपति पुनले सचिवालय सदस्यहरु, सुरक्षाकर्मीहरु र आफन्तलाई पनि टीका लगाइदिएको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो साढे २ बजे पिता मोहनप्रसाद ओलीको हातबाट टीका लगाएका छन् । बालुवाटारमा आफूले टीका लगाएपछि उनले पत्नी राधिकालाई टीका लगाई दिएका थिए । त्यसअघि अपरान्ह १ बजेर ३५ मिनेटमा राष्ट्रपति भवन शितल निवास पुगेका ओलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले दशैंको टीका, जमरा र माला लगाई दिएका थिइन् ।

भण्डारीले ओली पत्नी राधिका शाक्यलाई पनि टीका दिएकी थिइन् । उनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलसहित अन्य मन्त्रीहरु, सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेल लगायत उच्च पदस्थ व्यक्तिलाई दशैंको टीका लगाइ दिइन् ।

अहिले भण्डारीले शितलनिवासमा सर्वसाधारणलाई पनि टीका लगाई दिने क्रम जारी छ ।
पूर्व प्रधानमन्त्री एवं समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले ९० वर्षीय पिता भोजप्रसाद भट्टराईको हातबाट टीका ग्रहण गरेका छन् ।

विजया दशमीको उपलक्ष्यमा टीका ग्रहण गरेको फोटा राख्दै डा. भट्टराईले ट्वीटरमा लेखेका छन्, ‘सबैको भलो होस् ! देशमा शान्ति, सुशासन र समृद्धिको बर्षा होस ! असत्य र अन्यायमाथि सत्य र न्यायको विजय होस !’

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवलीले ठूलीआमाको हातको टीका लगाएका छन् । मंगलबार दिउँसो मन्त्री निवास पुलचोकमा उनले दशैंको टीका लगाएका हुन् । उनले टीका लगाएको तस्वीर सामाजिक सञ्जाल ट्वीटरमा पोष्ट गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले दाजु तथा भाउजुको हातबाट दशैंको टीका लगाएका छन् । थापाले दाजु अवकास प्राप्त रथी नेत्रबहादुर थापा र भाउजु अमिताको हातको टीका लगाएका हुन् । आफूले टीका ग्रहण गरे पश्चात उनले परिवारका अन्य सदस्यलाई टीका लगाई दिएका थिए ।
हेर्नुस् तस्विरहरु

NP KTM 20191008 MG 1642
VPPasangTika
NP KTM 20191008 MG 1658
NP KTM 20191008 MG 1664
NP KTM 20191008 MG 1668
NP KTM 20191008 MG 1673
VPPasangTika
VPPasangTika1
NP KTM 20191008 MG 1675
NP KTM 20191008 MG 1676
NP KTM 20191008 MG 1680
NP KTM 20191008 MG 1684
NP KTM 20191008 MG 1685
NP KTM 20191008 MG 1687
RS KTM 20191008 0D3A2995
RS KTM 20191008 0D3A3010
RS KTM 20191008 0D3A3022
RS KTM 20191008 0D3A3029
RS KTM 20191008 0D3A3039
RS KTM 20191008 0D3A3041
RS KTM 20191008 0D3A3044
RS KTM 20191008 0D3A3074
TabirSaujanya VPPasangDashain
VPPasangTika 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७