२०७६ असोज २२ गते बुधबारको तपाईको राशिफल


२२ आश्विन २०७६, बुधबार
rasifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
नोकरीमा पदोन्नतिको योग रहेको छ । व्यापारमा लाभ मिल्न ेछ । नेतृत्व क्षमता बढ्ने छ । मानसिक चिन्ता बढ्ने छ । मुद्दा मामिलाको सामना हुन सक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
शारीरिक आलस्यता बढ्ने छ । आयआर्जनमा सुधार हुनेछ । स्वास्थ्यमा समस्या देखा पर्नेछ । व्यवसायमा आंशिक सुधार हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
धार्मिक कार्यमा मन जानेछ । आय आर्जनमा सुधार आउने छ । मनमा उत्साह बढ्ने छ । राजनीतिक कार्यमा अवरोध देखा पर्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
धार्मिक काममा रुची बढ्ने छ । शारीरिक परि श्रम बढ्ने छ । धन प्राप्ति हुनेछ । स्वास्थ्यमा खर्च बढ्ने छ । आमा बुवाको सहयोग प्राप्त हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
काम गर्ने जोश, जाँगर र आत्मबल बढ्ने छ । वैदेशिक यात्रामा सफलता मिल्ने छ । सामाजिक कार्यको शुरुवात हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
अध्ययन अध्यापन सफल हुनेछ । व्यवसायमा सुधार आउने छ । जग्गा जमिनको कारोबारबाट नोक्सानी बेहोर्नु पर्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
प्रेममा सफलता प्राप्त हुनेछ । मनमा चञ्चलता बढ्ने छ । अध्ययन अध्यापन सामान्य रहने छ । सामाजिक दायित्व बढ्ने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
दाजुभाइको सहयोग प्राप्त हुनेछ । आयआर्जनमा वृद्धि हुनेछ । विद्या प्राप्ति हुनेछ । धार्मिक कार्यमा रुचि बढ्ने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
धार्मिक कार्यमा खर्च बढ्ने छ । पारिवारिक सद्भाव बढ्ने छ । काममा साथीभाइको सहयोग मिल्ने छ । लेनदेनमा विवाद बढ्ने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
व्यापार ब्यबसायमा रुचि बढ्ने छ । साझेदारी कार्यमा विवाद उत्पन्न हुनेछ । यात्रा शुभ रहने छ । जग्गा जमिनको काममा फाइदा मिल्ने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
स्वास्थ्यमा सामान्य समस्या देखिने छ । पति पत्नीबीच प्रेम बढ्ने छ । रोजगार प्रदान गर्न सकिने छ । आकस्मिक धन लाभ हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
सामाजिक मान सम्मान र प्रतिष्ठा बढ्ने छ । व्यापारमा सुधार आउने छ । आय आर्जन प्रभावित रहने छन् । राजनीतिक मनमुटाव बढ्ने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७