कुर्दिस सेनामाथि आक्रमण गर्न सिरिया पुग्यो टर्कीको सेना

कुर्दिस सेनामाथि हमला गरे टर्कीको अर्थतन्त्र तहसनहस पारिदिने ट्रम्पको चेतावनी


२२ आश्विन २०७६, बुधबार
Turkey Syria

काठमाडौं, २२ असोज । कुर्दिस सेनामाथि आक्रमण गर्न टर्कीले सिरियामा सेना पठाएको छ ।
अमेरिकी सैनिक फिर्ता भएपछि टर्कीले सिरियाका सीमा क्षेत्रमा सेना पठाएको बीबीसीले जनाएको छ । कुर्दिस सेनाको बाहुल्य रहेको सिरियाको उत्तर–पूर्वी क्षेत्रमा टर्कीका सैनिक ट्यांक गएपछि नयाँ त्रास फैलिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कुर्दिस सेनामाथि आक्रमण गरे टर्कीको अर्थतन्त्र तहसनहस पारिदिने चेतावनी दिएका छन् । सिरियाबाट अमेरिकी सैनिक फिर्ता बोलाउने आफ्नो निर्णयको फाइदा उठाएर कुर्दिसमाथि सेनामाथि आक्रमण गरे सह्य नहुने ट्रम्पको भनाइको बेवास्ता गर्दै टर्कीले सिरियामा आफ्ना सैनिक पठाएको हो ।

अमेरिकाले इस्लामिक स्टेट आईएसलाई हराउन कुर्दिस सेनालाई सहयोग गर्दै आएको छ । तर टर्कीले सिरियामा अमेरिकी हस्तक्षेप भएको भन्दै कुर्दिस सेनामाथि आक्रमण गर्न आईएसलाई सहयोग गर्दै आएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७