दुई लाख नगदसहित ११ जुवाडे पक्राउ


२३ आश्विन २०७६, बिहीबार
tas juwade

काठमाडौं, २३ असोज । नेपाल प्रहरीले रु दुई लाख १४ हजार नगदसहित ११ जना जुवाडे पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले टोखा नगरपालिका–११ गोंगबुमा रहेको पूर्ण लिम्बूको कोठामा जुवा खेलिरहेको अवस्थामा बुधबार साँझ उनीहरुलाई पक्राउ गरेको हो ।

वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक उमेश लम्सालले ठूलो नगद हारजित हुनेगरी जुवा खेलिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको जानकारी दिए ।

प्रहरीले पक्राउ परेकाबाट तास र नगद रु दुई लाख १४ हजार बरामद गरेको छ । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको वृत्तले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७