महराको सांसद पद पनि निलम्बन


२४ आश्विन २०७६, शुक्रबार
mahara 4

काठमाडौं, २४ असोज । बलात्कार आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको सांसद् पद पनि निलम्बन भएको छ ।

संघीय संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले बिहीबार सूचना जारी गर्दै महराको सांसद पद निलम्बन भएको जानकारी गराएका छन् । संघिय संसदको प्रतिनिधि सभाका तत्कालीन सभामुख महरालाई जवरजस्ती करणी उद्योगको मुद्दामा अनुसन्धान गर्न पक्राउ गरिएको जानकारी सूचना टाँसेर गराएको हो ।

‘महानगरीय प्रहरी वृत, नयाँ बानेश्वर, काठमाडौंको गत असोज १९ गतेको प्राप्त पत्रबाट जबरजस्ती करणी उद्योग मुद्दाको अनुसन्धानको सिलसिलामा तत्कालीन सभामुख कृष्णबहादुर महरालाई काठमाडौं जिल्ला अदालतबाट गत असोज १९ गते पक्राउ अनुमति प्राप्त भई काठमाडौं–४, बालुबाटारस्थित सभामुख निवासबाट उक्त मुद्दाको अनुसन्धानको सिलसिलामा नेपालको संविधानको धारा १०३ को उपधारा ६ बमोजिम नियन्त्रणमा लिइएको व्यहोरा प्रतिनिधिसभाका माननीय उपसभामुखलाई जानकारी गराइएको हुँदा प्रतिनिधिसभा नियमावली २०७५ को नियम २४४ को उपनियम ३ को प्रयोजनको लागि सोही नियमावलीको नियम २४४ को उपनियम २ बमोजिम यो सूचना प्रकाशित गरिएको छ,’ सूचनामा भनिएको छ ।
प्रतिनिधि सभाको नियमावलीको नियम २४४ अनुसार सूचना प्रकाशन गरिएको हो ।

नियमावलीमा प्रतिनिधि सभाको सदस्य पक्राउको जानकारी दिने व्यवस्था रहेको छ ।
संसद् सचिवालयकी कर्मचारी रोशनी शाहीले उनीविरुद्ध प्रहरीमा यौन दुर्व्यवहारको उजुरी दिएकी थिइन् । त्यसपछि महलाई प्रहरीले असोज १९ गते सरकारी निवास बालुवाटारबाटै पक्राउ गरेको थियो ।
हेर्नुस् सूचना

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७