जापानमा आएको शक्तिशाली आँधीमा मर्नेको संख्या १८ पुग्यो (फोटो फिचर)


प्रकाशित मिति : October 13, 2019

टोकियो, २६ असोज । जापानमा दशकौं यताको सबैभन्दा शक्तिशाली आँधी हगिविसमा परेको कम्तिमा १८ जनाको ज्यान गएको जापानको सरकारी ब्रोडकास्टिङ संगठन एनएचकेले जनाएको छ ।

मर्नेहरु जापानका कानागवा, तोचिगी, गुन्मा, इवाते, मियागी, फुकुशिमा, चिवा र साइतामा प्रिफेक्चर क्षेत्रका छन् । आँधीका कारण थप १३ मानिस हराइरहेका छन् र कम्तिमा १४९ घाइते भएका छन् ।

देशका धेरै भाग विजुली तथा सञ्चारविच्छेद भएकाले अझै आँधीको कुल हताहतीको विवरण अझै प्राप्त हुन सकेको छैन । अधिकारीले आँधीबाट प्रभावितहरुलाई सहयोग गर्न लागि परेका छन् । हगिविस समुन्द्री आँधी शनिबार रातको समयमा जापान प्रवेश गरेको थियो । एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्