मृत्त शिशुको जन्मपछि थला परेकी महिलाको हेलिकप्टरबाट उद्धार


२८ आश्विन २०७६, मंगलवार
TakamKot helicopter

रुकुम, २८ असोज । मृत शिशुलाई जन्म दिएर थला परेकीकी रुकुम पूर्व पुथा उत्तरगङ्गा गाउँपालिका–१ मैकोटकी ३१ वर्षीया सरलमाया पुनको उद्धार गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय रुकुमपूर्व र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहकार्यमा हेलिकप्टरबाट सोमबार पोखरा पठाइएको प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद अर्यालले बताए ।

यही असोज १७ गते स्वास्थ्यचौकी मैकोटमा मृत शिशुको जन्म दिएपछि उनको स्वास्थ्य अवस्था बिग्रँदै गएको थियो । स्वास्थ्यकर्मीले विशेषज्ञ डाक्टरकहाँ गएर औषधोपचार गर्न सल्लाह दिए पनि परिवारको लापरवाहीका कारण उहाँ घरमै बसिरहेकी थिइन् ।

१७ गतेदेखि बिरामी परेकी पुन आज बिहान अचेत अवस्थामा पुगेपछि हेलिकप्टरबाट उद्धार उपचारका लागि पोखरा पठाइएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७