नेकपाको बुधबारको चियापानमा एक लाखलाई निम्तो कार्ड, यस्तो छ तयारी


२८ आश्विन २०७६, मंगलवार
Bishnu Prasad Paudel विष्णुप्रसाद पौडेल is a Nepalese politician He is now the General Secretary of NCP Nepal Communist Party.

काठमाडौं, २८ असोज । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बडादशैं, तिहार, नेपाल संवत, छठलगायत पर्वका अवसरमा विगतझैं यस वर्ष पनि बुधबार (असोज २९ गते) शुभकामना आदान–प्रदान तथा चियापन कार्यक्रम आयोजना गरेको छ ।

काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरिने चियापान कार्यक्रममा पार्टी अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का नामबाट एक लाख हाराहारी निमन्त्रणापत्र पठाई सकिएको र कार्यक्रमको तयारी पूरा भईसकेको नेकपाका महासचिव विष्णु पौडेलले जानकारी दिएका छन् ।

पार्टीका महासचिव विष्णु पौडेलले आज एक विज्ञप्ती जारी गर्दै बुधबार अपराह्न १२ बजेदेखि ३ बजेसम्म पार्टीका नेता, कार्यकर्ता तथा आम जनसमुदायलाई आमन्त्रण गरिएको छ । यस्तै अपराह्न ३ बजेदेखि ५ बजेसम्म विभिन्न राजनीतिक दलका नेता, मन्त्री तथा सांसद, संवैधानिक अङ्गका पदाधिकारी, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, सरकारका उच्चपदस्थ पदाधिकारी, सेवा निवृत्त पदाधिकारीलाई आमन्त्रण गरिएको विज्ञप्तीमा उल्लेख छ ।

मुलुकको बहुजातीय, बहुभाषिक तथा बहुधार्मिक विविधताभित्रको एकता, आपसी सद्भाव, सहिष्णुता, साझेदारी र सहकार्यको मौलिक विशेषता अनि लामो समयदेखि चल्दै आएको चाडबाड तथा संस्कृतिले नेपाली नेपालीबीचको एकतालाई अझ मजबूत बनाउने उद्देश्य चियापान कार्यक्रमको रहेको पनि विज्ञप्तिमा जनाइएको छ

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७