नेकपा महासचिवको आह्रवान, ‘प्रेषित पत्र प्राप्त नभए पनि चियापानमा आउनुहोला’


२८ आश्विन २०७६, मंगलवार
Bishnu Prasad Paudel विष्णुप्रसाद पौडेल is a Nepalese politician He is now the General Secretary of NCP Nepal Communist Party.

काठमाडौँ, २८ असोज : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उपस्थित हुन सबैलाई अपिल गरेका छन् । पार्टीले बडादशैँ, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा बुधबार (असोज २९ गते) गरेको आदानप्रदान तथा चियापन कार्यक्रममा उपस्थीतिको लागि अपिल गरेका हुन् ।

महासचिव पौडेलले मंगलबार विज्ञप्ति जारी गरेर भनेका छन्, ‘हाम्रो पार्टीको तर्फबाट प्रेषित निमन्त्रणा–पत्र प्राप्त हुननसकेको भएमा पनि उक्त शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा गरिमामय उपस्थितिका लागि सम्बद्ध सबैमा हार्दिक निमन्त्रणा गर्दछु ।’

महासचिव पौडेलले काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरिने चियापान कार्यक्रममा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का नामबाट निमन्त्रणापत्र पठाइसकिएको र कार्यक्रमको तयारी पूरा भएको जानकारी दिएका छन् ।

अपराह्न १२ बजेदेखि ३ बजेसम्म पार्टीका नेता, कार्यकर्ता तथा आम जनसमुदायलाई र अपराह्न ३ बजेदेखि ५ बजेसम्म विभिन्न राजनीतिक दलका नेता, मन्त्री तथा सांसद, संवैधानिक अङ्गका पदाधिकारी, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, सरकारका उच्चपदस्थ पदाधिकारी, सेवानिवृत्त पदाधिकारीलाई आमन्त्रण गरिएको उनको भनाई छ ।

मुलुकको बहुजातीय, बहुभाषिक तथा बहुधार्मिक विविधताभित्रको एकता, आपसी सद्भाव, सहिष्णुता, साझेदारी र सहकार्यको मौलिक विशेषता अनि लामो समयदेखि चल्दै आएको चाडबाड तथा संस्कृतिले नेपाली नेपालीबीचको एकतालाई अझ मजबूत बनाउने पनि जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७