निदान अस्पतालका सिइओसहित पाँच जना पक्राउ

नक्कली व्यक्ति खडा गरी मृगौला प्रत्यारोपण गरेको पुष्टि


२९ आश्विन २०७६, बुधबार
nidaan hospital sonipat ho sonepat hospitals 0z0v5pu


काठमाडौं, २९ असोज । ललितपुरस्थित निदान अस्पतालका सिइओसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

नक्कली व्यक्ति खडा गरी मृगौला प्रत्यारोपण गराएको आरोपमा प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान ब्यूरोको प्रहरी टोलीले अस्पतालका सिइओ बिपेन्द्र प्रधानसहित पाँच जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा प्रधानसहित रामेछाप दोरम्बा घर भई हाल स्वयम्भू बस्ने शंकरलाल लामा, सप्तरी कन्चनपुर नगरपालिका–९ घर भई हाल भक्तपुरको मध्यपुर ठिमीमा बस्ने कुमार भट्टराई, काठमाडौं महानगरपालिका–२९ का डा. राजेश पन्त र ललितपुर कोन्ज्योसोम गाउँपालिका–२ का रामचन्द्र आले छन् ।

लामा मृगौला ग्रहण गर्ने व्यक्ति हुन् भने भट्टराई अस्पतालका आधिकारिक अफिसर रहेको जनाइएको छ । त्यस्तै पन्त सो अस्पतालका डाक्टर हुन् भने आले जिल्ला प्रशासन कार्यालय, ललितपुरका शाखा अधिकृत हुन् । पक्राउ परेकाहरुमाथि मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ अनुसार अनुसन्धान र कार्वाही प्रक्रिया अगाडि बढ्ने प्रहरीले जानकारी दिएको छ ।

nidan

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७