नेपाली युवा प्रेमराज भट्टलाई अष्ट्रेलियामा ‘च्याम्पियन अफ च्याम्पियन’ उपाधि


४ कार्तिक २०७६, सोमबार
bhatta

काठमाडौं, ४ कार्तिक । नेपाली युवा खेलाडी प्रेमराज भट्टले अष्ट्रेलियामा ‘च्याम्पियन अफ च्याम्पियन’ उपाधि हात पारेका छन् ।

अष्ट्रेलियाको राज्यस्तरीय शारीरिक सुगठनमा भट्टले ‘च्याम्पियन अफ च्याम्पियन’
उपाधि हात पारेका हुन् । विश्व शारीरिक सुगठन अन्तर्गत न्यू साउथ वेल्स, अष्ट्रेलिया टाइटल २०१९ को लागि आइतबार लिभरपुलको क्याथलिक क्लबमा भएको फाइनल प्रतिष्पर्धामा भट्टले पुरुष फिजिक्सतर्फ उपाधि जितेका हुन् ।

जितसँगै भट्टले अष्ट्रेलियाको राष्ट्रिय खेलमा न्यू साउथ वेल्स राज्यका तर्फबाट प्रतिनिधित्व गर्नेछन् । राज्यस्तरीय खेलमा भट्ट नेपाली क्लबबाट फिटनेस नेपाल (क्याम्सी), सेप्स टु (काठमाडौं) बाट सहभागी भएका थिए ।

पुरुष फिजिक्सतर्फ विगिनर (पहिलो पटक) र सर्टहाइट (१७२ सेन्टिमिटर)मा प्रतिष्पर्धा गरेका भट्टले दुबैमा स्वर्ण पदक जितेका थिए । त्यसपछि सबै समूहभित्र स्वर्ण जित्ने खेलाडीको प्रतिष्पर्धामा पनि उनी विजेता बन्दै च्याम्पियन अफ च्याम्पियन बने । प्रतियोगितामा डेढ सय खेलाडीले प्रतिष्पर्धा गरेका थिए ।

पुरुषतर्फ समग्र प्रतियोगिताको च्याम्पियन बनेका भट्टले ट्रफी र मेडल हात पारे । साथै न्यु साउथ वेल्स शारीरिक सुगठन संगठनमा वर्ष विजेताका रुपमा उनको नाम लेखिएको छ ।
यसअघि थाइल्याण्डको चाङमईमा भएको १० औं विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा नेपालका महेश्वर महर्जनले स्वर्ण पदक जितेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७