नेपाली वैज्ञानिकहरूले देशमै रहेर योगदान गर्दा औचित्यपूर्ण हुन्छ: उपराष्ट्रपति


४ कार्तिक २०७६, सोमबार
nanda bahadur pun AnvPKfAMmf

काठमाडौँ, ४ कार्तिक । उपराष्ट्रपति नन्दबहादुर पुनले युवा वैज्ञानिकहरूलाई नेपालमै रहेर योगदान गर्दा औचित्यपूर्ण हुने बताएका छन् । उपराष्ट्रिपति पुनले विदेशमा रहेका नेपाली वैज्ञानिकहरूलाई मातृभूमिमै रहेर वैज्ञानिक अनुसन्धान गर्न पनि आग्रह गरेका छन् ।

सोमबारदेखि सुरु भएको तीनदिने अन्तर्राष्ट्रिय युवा सम्मेलनको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले देशको समृद्धि र विकासका लागि युवा वैज्ञानिकले देशमै रहेर योगदान दिनुपर्ने बताएका हुन् । पराष्ट्रपति पुनले भने, ‘नेपाली जनताको उत्थान र आर्थिक उत्पादकत्व वृद्धिमा युवा वैज्ञानिकको अतुलनीय योगदान छ । घर घरमा श्रम गर्न साना साना मेसिन र त्यस्तै प्रकारका प्रविधि भित्र्याउनु पर्छ । विदेशमा रहेर वैज्ञानिक खोज अनुसन्धान गर्नुभन्दा मातृभूमिमै रहेर अनुसन्धान गर्नु औचित्यपूर्ण हुनेछ ।’

सम्मेलनमा ‘समृद्धिका लागि अनुसन्धान र नवप्रवर्तन’ भन्ने मूल नाराको साथ विदेशमा रहेका २० देशबाट नेपाली युवा वैज्ञानिकले भाग लिएका छन् । भारत, जापान र चीनबाट समेत वैज्ञानिकको सहभागिता छ । छ चरणमा विभाजित सम्मेलनमा १८ वटा विषयमा कार्यपत्र प्रस्तुति, छलफल र ज्ञानको आदानप्रदान हुनेछ । कार्यक्रममा भारतका वैज्ञानिक किसान लालको पनि उपस्थिति छ ।

समृद्धिका लागि नवप्रवर्तन, संस्थागत सुधार, विज्ञानमा लगानी, पूर्वाधार विकास, सुरक्षाको लागि विज्ञान तथा विज्ञान, प्रविधि र नवप्रवर्तनमा युवाको सहभागिता, विज्ञानमा कूटनीतिक प्रयोग, विज्ञान, प्रविधि र नवप्रवर्तनको नीति निर्माण, विज्ञान, प्रविधि र नवप्रवर्तनका लागि शैक्षिकलगायत विषयमा सम्मेलनमा छलफल हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७