नेकपाले आइतबार उम्मेद्वार टुङ्गो लगाउने


१६ कार्तिक २०७६, शनिबार
nekapa meeting

काठमाडौं, १६ कार्तिक । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शनिबार बसेको सचिवालय बैठकमा उपनिर्वाचनका लागि पार्टीका उम्मेदवार छनोटका विषयमा छलफल गरिएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको बैठकमा कास्की क्षेत्र नम्बर २, तीन वटा प्रदेशसभा र रिक्त स्थानीय तहमा मंसिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार चयन गर्नेबारे प्रारम्भिक छलफल गरिएको हो ।

प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि पत्रकारहरूसँग भने, ‘पार्टीका क्षेत्रीय निर्वाचन समन्वय समिति, जिल्ला र प्रदेशबाट सिफारिस भई आएका उम्मेदवारका नामबारे प्रारम्भिक छलफल गरियो ।’

उनले आइतबार बस्ने सचिवालय बैठकले उम्मेदवार तय गर्ने जानकारी दिएका छन् । सचिवालय बैठक आइतबार कति बजे बस्ने भन्ने अहिले तय भइसकेको छैन । ‘कहींबाट एक जना, कतैबाट २–३ जनाको नाम सिफारिस भएको रहेछ । पार्टीले न्युनतम ३ जनाको नाम पठाउन भनेको थियो,’ श्रेष्ठले सुनाए, ‘भोलि सचिवालय बैठक बसेर उम्मेद्वार तय गर्छौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७