हाइड्रोपावरको सुरुङभित्र ६ जना सम्पर्कविहीन, उद्धारकर्ता समेत बेहोस

उद्धारका लागि बझाङ, धनगढी र दिपायलको प्रहरी टोली परिचालित


१८ कार्तिक २०७६, सोमबार
kalanga

बझाङ, १८ कार्तिक । बझाङमा निर्माणाधीन हाइड्रोपावरको सुरुङ्गभित्र रहेका ६ कामदार सम्पर्कविहीन भएका छन् ।

बझाङको बुङ्गल नगरपालिका–२ दाडिममा निर्माणाधीन कालांगा हाइड्रोपावरको इनलेट सुरुङभित्र पसेका छ कामदार सम्पर्कविहीन भएका हुन् । उनीहरु काम गर्नका लागि भन्दै तीन ट्रयाक्टर र एक जीपसहित आइतबार सुरुङभित्र पसेको जनाइएको छ ।

सुरुङ्गभित्र सम्पर्कविहीन हुनेमा कर्णबहादुर शाही, महेन्द्रबहादुर शाही, महेन्द्र साउँद, शेरबहादुर धामीलगायत छन् । अन्य दुई जनाको नाम खुलेको छैन । प्रहरीका अनुसार सुरुङभित्र पसेका दुई जना बाहिर निस्किएको बताइए पनि उनीहरु सम्पर्कमा नरहेको जनाइएको छ ।

सुरुङ्गभित्र सम्पर्कविहीन भएकाको खोजी र उद्धारका लागि सुरुङ्गभित्र छिरेका अन्य दुई जना समेत बेहोस भएका छन् । उनीहरुलाई प्रहरीले बेहोस अवस्थामा उद्धार गरेको छ ।

सुरुङ्गको लम्बाई एक किलोमिटर चार सय मिटर रहेको जनाइएको छ । अक्सिजन अभावका कारण उद्धारमा कठिनाइ भइरहेको बझाङ प्रहरीले जनाएको छ । उद्धारका लागि बझाङ, धनगढी र दिपायलबाट प्रहरी टोली परिचालन गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७