नेपालले एसीसी इस्टर्न रिजन टि–२० खेल्ने


१९ कार्तिक २०७६, मंगलवार
nepal national cricket team

काठमाडौं, १८ कार्तिक । नेपाली राष्ट्रिय क्रिकेट टोलीले एसीसी इस्टर्न रिजन पुरुष टि–२० प्रतियोगिता खेल्ने भएको छ ।

फागुन तेस्रो साता थाइल्याण्डमा हुने इस्टर्न रिजनमा नेपालसहित आयोजक थाइल्याण्ड, भुटान, चीन, म्यानमार, हङकङ, मलेसिया र सिंगापुर रहेका छन् । सहभागी ८ टोलीलाई दुई समूहमा विभाजन गरिनेछ ।

दुवै समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । फाइनल पुग्ने दुई टोली अन्तिम चरणको प्रतियोगिताका लागि छनोट हुनेछन् ।

इस्टर्न रिजनबाट उत्कृष्ट दुई टोली र वेस्टर्न रिजनबाट उत्कृष्ट दुई टोली गरेर अगस्टमा अन्तिम चरणको छनोट हुनेछ । उक्त छनोटबाट एक टोली सन २०२० मा हुने एक टोली एसीसी एसिया कपका लागि छनौट हुनेछ ।

सन २०२० को एसिया कप सेप्टेम्बर महिनामा पाकिस्तानमा हुने कार्यक्रम रहेको छ । यद्यपी पाकिस्तानले प्रतियोगिताका केहि खेल पाकिस्तानमा खेलाएर अन्य खेल यूएईमा खेलाउने सम्भावना रहेको छ ।

नेपाली सिनियर टोली यसअघि सन २०१८ को एसिया कप छनोटको अन्तिम चरणमा पराजित भएको थियो । त्यसबेला अन्तिम चरणमा सहभागी ६ टोलीमध्य नेपाल चौथो स्थानमा रहेको थियो । उक्त छनोटमा हङकङले यूएईलाई पराजित गर्दै एसिया कप खेलेको थियो । नेपालले त्यसबेला इस्टर्न रिजनमा भने कीर्तिमानी प्रदर्शन गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७