लिभरपुलको जीत, नापोलीले खोस्यो साल्ज्बर्गको अंक


२० कार्तिक २०७६, बुधबार
liverpool IQt08dTo7d

काठमाडौं, २० कार्तिक । च्याम्पियन्स लिगको डिफेन्डिङ च्याम्पियन लिभरपुलले जर्मन क्लब जेंकलाई हराउँदै शीर्ष स्थानमा उक्लिएको छ ।

एन्फिल्डमा भएको खेलमा एलेक्स ओक्लाड च्याम्बर्लिनको ५३ औं मिनेटको गोल निर्णयक बन्दा पहिलो हाफमा एक–एक गोलको बराबरीमा रोकिएको लिभरपुलले जित हात पारेको हो ।
जितसँगै लिभरपुलले चार खेलबाट नौ अंक बनाएको छ ।

१४औं मिनेटमा जर्जिन्हो विनाल्डमले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । जेंकका डिफेन्डर सेबास्टियन डेवास्टले जेम्स मिल्नरको बल रोक्ने क्रममा आएको रिबाउण्ड बललाई विनाल्डमले गोलमा परिणत गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए ।

४० औं मिनेटमा एम्बाना सामाटाले जेंकका लागि गोल गर्दै खेल बराबरीमा पुर्‍याए । ५३ औं मिनेटमा च्याम्बर्लिनले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । बाँकी समयमा थप गोल हुन नसक्दा लिभरपुलले लगातार तेस्रो जित निकाल्यो ।

च्याम्पियन्स लिगको पहिलो खेलमा लिभरपुल इटालीको नापोलीसँग पराजित भएको थियो, जुन यो सिजन उसको एकमात्र हार हो । जितसँगै लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ भने नापोली दोस्रो स्थानमा झरेको छ । नापोलीले घरेलु मैदानमा साल्ज्बर्गसँग अंक खोसेको छ ।

११औं मिनेटमा इर्लिङ हाल्याण्डले पेनाल्टीमार्फत गोल गर्दै साल्ज्बर्गलाई अग्रता दिलाएका थिए । ४३औं मिनेटमा हिर्भिङ लोजानोले गोल गरेपछि नापोलीले पहिलो हाफ अघि बराबरी गर्न सफल भयो ।

दोस्रो हाफमा कुनै गोल हुन नसकेपछि नापोली अंक खोस्न सफल भएको हो ।
चार खेलमा दुई जित र दुई बराबरीको नतिजा निकालेको नापोली आठ अंकसहित दोस्रो स्थानमा छ । साल्ज्बर्ग चार अंकसहित तेस्रो र जेंक एक अंकसहित चौथो स्थानमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७