सुकुटे दुर्घटनाका घाइते खड्का भन्छन्, ‘अँगालोमा बेरिएकी श्रीमती र काखमा खेलिरहेको छोरा गुमाएँ’


२३ कार्तिक २०७६, शनिबार
sukute

काठमाडौं, २३ कार्तिक । दशैंदेखि बन्द भएको विद्यालय छठपछि सञ्चालन हुने भएपछि छोराछोरी र श्रीमतीसहित काठमाडौं फर्कदै गरेका दोलखा शैलुङ गाउँपालिका–३ जितबहादुर खड्काको साथमा अहिले छोरी मात्रै छिन् ।

टाउकोमा गम्भीर चोट लागेका खड्का भन्छन्, ‘काखमा छोरो खेलिरहेको थियो, श्रीमती अँगालोमा लोलाइरहेकी थिइन् ।’

एक्कासी गड्ङग आवाज आयो । सुकुटेभन्दा केही किलोमिटर अघि सपरिवार रमाइलोसँग खाना आएर अघि बढेको ५ मिनेटमा नै खड्काले श्रीमती र छोरालाई सधैंका लागि गुमाउनु पर्‍यो । राजधानी दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७