‘टाइसन’ लाई खुकुरी हानी हत्या गर्ने पक्राउ


२४ कार्तिक २०७६, आईतवार
taison

सुनसरी, २४ कार्तिक । सुनसरीको इटहरीमा खुकुरी हानेर कुकुर हत्या गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा इटहरी पिपल चोकका २० वर्षीय विशाल माझी, २१ वर्षीय मनोज भण्डारी र २१ वर्षीय सुदिप राई छन् । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गएको मंगलबार इटहरीको पिपलचोकस्थित आयुष विश्वकर्मालाई लक्षित गरी भएको आक्रमणमा उनको घरमा पालेको टाइसन नामक कुकुरलाई खुकुरी हानी मारिएको थियो ।

आयुषलाई आक्रमण गर्न आएका १०–१२ जनालाई टाइसनले रोक्न खोजेको थियो । कुकुर बीचमा आएपछि आक्रमणकारीले उसैलाई खुकुरी हानेका थिए । आक्रमणमा घाइते भएको टाइसनको पछि मृत्यु भएको थियो ।

कुकुरलाई खुकुरी हान्नेहरू पछि भागेका थिए । प्रहरीले शनिबार मोरङको पथरी शनिश्वरेबाट फरार तीन जनालाई पक्राउ गरेको हो । आफन्तको घरमा लुकेर बसेको सूचनाका आधारमा इलाका प्रहरी कार्यलय इटहरीको टोलीले मोरङ प्रहरीसँग समन्वय गरी उनीहरूलाई पक्राउ गरिएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७