नेपाल टेलिकमले सातै प्रदेशमा फोरजी सीम वितरण गर्दै


२४ कार्तिक २०७६, आईतवार
1573387608ntc

काठमाडौं, २४ कात्तिक । नेपाल टेलिकमले सातै प्रदेशका विभिन्न प्रमुख शहरमा फोरजी सीम वितरण गर्ने कार्यलाई अभियानको रुपमा सञ्चालन गरिरहेको छ।

सोही कार्यक्रमअन्तर्गत गत बुधबार बिर्तामोड र बिहीबार वीरगन्जमा सीम वितरणसहित फोरजी सेवाको प्रचारप्रसार सम्पन्न गरिएको छ। आइतबार चितवनको भरतपुरस्थित नारायणी नदी किनारमा सीम वितरण कार्य भइरहेको टेलिकमले जानकारी दियो।

टेलिकमकाअनुसार आउँदो मंगलबार नेपालगन्जको रामलिला मैदान, बिहीबार सुर्खेतको आँखा अस्पताल क्षेत्र, सनिबार महेन्द्रनगरको खुला मञ्च र अर्को महिना ९मंसिर०को ४ गते पोखराको अमरसिंह मैदानमा सिमकार्ड वितरण गरिने कार्यक्रम रहेको छ।

यसमा टुजी वा थ्रीजी सीम भएका कम्पनीका ग्राहकलाई २ सय एमबी डाटा बोनसहित फोरजी सीम प्राप्त हुनेछ । ‘गृष्मा ब्रोडकास्टिङ’ले सातै प्रदेशका विभिन्न स्थानमा गरिरहेको सांगितीक कार्यक्रम सप्तरङ्ग २ मार्फत् पनि टेलिकमले फोरजी सेवाको प्रचारप्रसार गरिरहेको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७