शिक्षक नियुक्ति र सरुवा रोक्का


२६ कार्तिक २०७६, मंगलवार
education MdekntXJB9

काठमाडौं, २६ कार्तिक । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ शिक्षक नियुक्तिमा रोक लगाएको छ ।

शिक्षक सेवा आयोगले शिक्षक समायोजनको काम गरिरहेकाले शिक्षक नियुक्ति र अन्तर जिल्ला सरुवामा रोक लगाइएको हो । मन्त्रालयले सूचना निकालेर सरुवा, नियुक्ति र अस्थायी वा करारमा शिक्षक नराख्न स्थानीय तहलाई आग्रह गरेको हो ।

शिक्षा सेवा आयोगबाट सिफारिस भई नयाँ शिक्षक नियुक्ति र पदस्थापना भइरहेकाले यो कार्य नसकुन्जेल शिक्षक नियुक्ति र सरुवामा रोक लगाएको जनाइएको छ ।

मन्त्रालयले जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइलाई पत्राचार गर्दै विद्यार्थी संख्या धेरै भएका विद्यालयमा पनि शिक्षक नराख्न आग्रह गरेको छ । समायोजनबाटै आवश्यक संख्यामा शिक्षक पठाउने मन्त्रालयको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७