सौताको विभत्स हत्या, झोलामा शव हालेर फ्याँक्न लैजादै गर्दा पक्राउ


२८ कार्तिक २०७६, बिहीबार
hatya 1 2

सर्लाही, २८ कार्तिक । सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरकी एक युवती आफ्नै सौताबाट विभत्स हत्या गरिएको छ ।

शेख बलालकी जेठी श्रीमती ३५ वर्षीया कोरैसा खातुनले २२ वर्षीया सौता खुर्सिदा खातुनको धारिलो हतियार प्रहार गरी विभत्स हत्या गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ ।

पराल काट्ने फलामको गरास (धारिलो हतियार) ले हानेर हत्या गरी शव झोलामा हालेर फाल्न लैजाँदै गरेको अवस्थामा मृतक खुर्सिदाको शव बरामद भएको सर्लाहीका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले बताएका छन् ।

‘खुर्सिदाको घाँटी, टाउको, छाती र हातमा काटिएको छ । खुर्सिदाको विभत्स तरिकाले हत्या गरिएको पाइयो’, उपरीक्षक भट्टराईले भने । घरमा कोही नभएको अवस्थामा कोरैसाले खुर्सिदाको हत्या गरेकी हुन् ।

जेठीको सन्तान नभएपछि श्रीमान् बलालले तीन महिना पहिले मात्र खुर्सिदासँग बिहे गरेका थिए । तीन दिन पहिले मात्र बलाल विदेश गएको मौका छोपी जेठीले कान्छीको हत्या गरेको प्रहरी उपरीक्षक भट्टराईले जानकारी दिएका छन् ।

हत्या गरेर बोरामा हाली घर नजिकै फालेको अवस्थामा उनको शव बरामद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हत्यामा प्रयोग गरिएको हतियार लुकाएर राखिएको अवस्थामा प्रहरीले बरामद गरेको छ ।

हत्यामा संलग्न कोरैसालाई जिल्ला प्रहरी कार्यालय मलङ्गवाको हिरासतमा राखी थप अनुसन्धान थालिएको प्रहरीको भनाई छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७