ज्योति विकास बैंक र यूनाइटेड रेमिटबीच सम्झौता


२८ कार्तिक २०७६, बिहीबार

काठमाडौं,२८ कात्तिक । ज्योति विकास बैंकले रेमिट सेवा अझ सहज र विस्तारित गर्ने क्रममा यूनाइटेड रेमिटसँग रेमिट सेवाको लागि सम्झौता गरेको छ।

बुधबार ज्योति विकास बैंक र यूनाइटेड रेमिटबीच उक्त सहकार्य सम्झौता भएको हो। सम्झौता पत्रमा ज्योति विकास बैंकका नायब महाप्रबन्धक सुशील कुमार शर्मा तथा यूनाइटेड रेमिटका सहायक महाप्रबन्धक प्रविन अधिकारीले हस्ताक्षर गरे ।


प्रतिष्ठित चौधरी ग्रुपद्वारा प्रवर्धित यूनाइटेड रेमिटले साउदि अरबजस्ता मुलुकहरुबाट गुणस्तरिय रेमिट सेवा प्रदान गर्दै आएको छ। यस सम्झौता पश्चात यूनाइटेड रेमिटको रेमिट सेवा ज्योति विकास बैंकको जुनै पनि शाखा कार्यालयबाट लिन सकिनेछ। ज्योति विकास बैंकको मुलुकभर रहेका १०२ वटा शाखाबाट यूनाइटेड रेमिटको देशरविदेशबाट हुने रेमिट सेवा उपलब्ध हुनेछ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७