प्रदेश-२ लाई समृद्ध बनाउन नेकपाको सरकार चाहिन्छ : प्रभु साह


३० कार्तिक २०७६, शनिबार
prabhu

कलैया, ३० कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश–२ का अध्यक्ष प्रभु साहले प्रदेश–२ लाई समृद्ध बनाउनका लागि नेकपाको सरकारको आवश्यकता रहेको बताएका छन् ।

प्रदेश–२ को आर्थिक समृद्धिको योजना कम्युनिष्ट पार्टी नेतृत्वको सरकारले मात्रै पुरा गर्ने दावी उनले गरे ।

नेकपा बाराका नेता अभिमन्यूबहादुर क्षेत्रीको १३ औं पुन्य तिथिको अवसरमा आज जितपुर सिमरा उपमहानगरपालिकाको फतेपुरमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै नेकपा केन्द्रीय सदस्य तथा पूर्व मन्त्री समेत रहेका नेता साहले अहिलेको प्रदेश–२ सरकार भ्रष्टाचारमा लिप्त रहेकाले प्रदेशको समृद्धि असम्भव भएको बताए ।

prabhu 1

‘प्रदेश–२ मा समृद्धि तथा सुशासन कम्युनिष्ट नेतृत्वको प्रदेश सरकारले मात्रै ल्याउन सक्छ’ साहले भने, ‘अरु त भ्रष्टाचारमा लिप्त छन, कसरी समृद्धि सम्भव छ, अब कम्युनिष्ट नेतृत्वको सरकारको आवश्यकता छ ।’

राजनीति राष्ट्र र समाजको सेवाका लागि हुनुपर्ने बताउँदै उनले केही व्यक्तिले राजनीतिको नाममा व्यापार गरी दुषित बनाएको बताए । समाजमा परिवर्तन ल्याउनका लागि राजनीति गर्नुपर्नेमा जोड दिदै साहले नाफा कमाउनेले व्यापार गर्नुपर्ने सुझाव दिए ।

अभिमन्यूबहादुर क्षेत्री कम्युनिष्ट पार्टी र समाजको एक सच्चा समाजसेवी रहेकाले उनको निधनले पार्टी, समाज, राष्ट्रका साथै परिवारलाई ठूलो क्षति पुगेको बताए । समाज सेवालाई निरन्तर्ता दिएका अभिमन्यूबहादुर क्षेत्रीको योगदान उच्च रहेको उनले बताए ।

श्रद्धाञ्जली सभा कार्यक्रममा नेकपा केन्द्रीय सदस्य एवं बारा इञ्चार्ज बलबिर चौधरी, केन्द्रीय सदस्य एवं सहइन्चार्ज ज्वालाकुमारी साह, जिल्ला अध्यक्ष क्षेत्रबहादुर श्रेष्ठ, प्रदेश–२ सभा सदस्य कुन्दन कुशवाहा, महमद समिर, मुकेश साह, उमेश कुशवाहा, अमर साह , रबि दंगाल, लालकिरण, गीता कँडेल, देवनारायण चौधरी, कृष्ण खनाल, प्रेम बराल लगायतको सहभागिता थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७