क्रिकेटर सचिन तेन्दुलकरले भेटे प्रधानमन्त्री ओलीलाई


१ मंसिर २०७६, आईतवार
sachin 1

काठमाडौं, १ मंसिर । चर्चित भारतीय क्रिकेटर सचिन तेन्दुलकरले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटे गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीटमार्फत फोटो सार्वजनिक गर्दै सचिनसँग भेट भएको जानकारी दिएका हुन् । प्रसिद्ध क्रिकेट खेलाडी र युनिसेफको सद्भावना दूतसँगको भेटले खुशी लागेको भन्दै प्रधानमन्त्री ओलीले सचिनले बाल अधिकारको संरक्षण र उनीहरूको हितका लागि नेपालमा गरेका प्रयासको सराहना पनि गरेका छन् ।

pm meet sachin 1

सचिन संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) को कार्यक्रममा सरिक हुन नेपाल आएका हुन् । बाल अधिकारसम्बन्धी महासन्धि पारित भएको ३० वर्ष पुगेको उपलक्ष्यमा युनिसेफले उनलाई नेपाल बोलाएको हो । सचिन युनिसेफका दक्षिण एसिया सद्भाव दूत हुन् ।

शुक्रबार नेपाल आएका उनले शनिबार टियु क्रिकेट मैदानमा बालबालिकासँग क्रिकेट खेलेका थिए । साथै आइतबार बिहान उनले पशुपति दर्शन गरेका थिए । उनी आज नै भारत फर्कने तय भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७