तीन ठूला ‘पहुँचवाला’ को मेडिकल कलेजमा सम्पत्ति शुद्धीकरणको छापा


१ मंसिर २०७६, आईतवार
Medical collage owner

काठमाडौं, १ मंसिर : सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पहुँचवालाहरुले सञ्चालन गरेको तीन वटा मेडिकल कलेजमा छापा मारको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्रका पहुँचवालाहरुले सञ्चालन गरेको कलेजमा विभागले छापा मारेको हो ।

आइतबार नोबल मेडिकल कलेज विराटनगर, नेशनल मेडिकल कलेज वीरगञ्ज र चितवन मेडिकल कलेज, चितवनमा छापा मारिएको हो । शिक्षा मन्त्रालय र राष्ट्रिय सतर्कता केन्द्रको प्रतिवेदनअनुसार विभागले मेडिकल कलेज तथा त्यसका सञ्चालकको सम्पत्ति छानविनका लागि छापा मारिएको हो ।

नोबल मेडिकल कलेज विराटनगर कांग्रेस नेता शुनिल शर्माको कलेज हो । उनी यसअघि कांग्रेसको तर्फबाट प्रतिनिधिसभाको लागि उम्मेदवार थिए ।

नेशनल मेडिकल केलज सत्तारुढ नेकपाका नेता बसरुद्धिन अन्सारीको हो । उनी यसअघिको स्थानीय तहको निर्वाचनमा तत्कालिन एमालेको तर्फबाट वीरगञ्जमा मेयरको उम्मेदवार थिए । चितवन मेडिकल कलेज कांग्रेस निटक प्रा डा हरिशचन्द्र न्यौपानेको हो । विभागले मेडिकल कलेजको ठगीका विषयमा विद्यार्थीहरुसँग पनि आवश्यक कागजपत्र लिने बताइएको छ ।

सरकारले तोकेकोभन्दा १५ लाखसम्म बढी रकम असुलेको भन्दै विद्यार्थीहरुले आन्दोलन चर्काएका छन्। विद्यार्थीहरुले अवैध रुपमा उठाइएको रकम फिर्ता नभएसम्म परीक्षा समेत बहिष्कार गर्ने निर्णय गरेका छन् । तर कलेजहरु विद्यार्थीसँग असुलेको बढी शुल्क फिर्ता नगर्ने बताएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७