२७ सय नेपाली सैनिकमाथि कारवाही, सलामी नगर्ने पनि परे कारवाहीमा


२ मंसिर २०७६, सोमबार
army

काठमाडौं, २ मंसिर । सैनिक मुख्यालयले विगत ६ बर्षमा विभिन्न पदमा रहेका २ हजार ७१५ जना सैनिकमाथि विभागीय कारवाही गरेको छ ।

नेपाली सेनाका विभिन्न दिमा रहेर सैनिक ऐन विपरित काम गरेको भन्दै सैनिक मुख्यालयले २०७१ देखि २०७६ को हालसम्म २ हजार ७१५ जना सैनिकमाथि कारवाही गरेको हो ।

सेनामा जागिर खाएर भागेकादेखि अनुशासन तथा आचरणविपरित काम गर्ने, कर्तब्य ज्यान मुद्दामा मुछिएका, जवरजस्ती करणी, चोरी, ठगी, लागुऔषध कारोबारमा मुछिएका, हातहतियार तथा खरखजनासम्म मुछिएकासम्मलाई सैनिक मुख्यालयले कारवाही गरेको हो ।

कारवाहीमा पर्नेमा सवारी दुर्घटनादेखि आर्थिक अनियमिततामा मुछिएका सैनिक समेत छन् । नेपाली सेनाका सहायकरथी एवं प्रवक्ता विज्ञादेव पाण्डेले २०७१ सालदेखि हालसम्मको अवधिमा २ हजार ७१५ जना सैनिकमाथि विभिन्न शिर्षकमा कारवाही भएको बताए ।

सलामी नगर्ने पनि कारवाहीमा
सैनिक मुख्यालयका अनुसार गत बैशाखदेखि हालसम्मको अवधिमा आफूभन्दा माथिल्लो पदमा कार्यरत सैनिकलाई सलामी नगर्ने ३० जनामाथि कारवाही भएको छ ।

आफूभन्दा माथिल्लो पदमा रहेका सैनिकहरुलाई नदेखेको जस्तै गर्ने र देखेर पनि सलामी नगर्ने ३० जनामाथि बैशाखयता कारवाही भएको हो । राजधानी दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७