एसएसबीको दादागिरी : नेपाली भूमि सन्दकपुर डाँडामा जान र तस्विर खिच्न समेत दिंदैन


२ मंसिर २०७६, सोमबार
sandakpur

इलाम, २ मंसिर । भारतीय सीमा सुरक्षा बल(एसएसबी) ले सीमा क्षेत्रमा रहेको सन्दकपुर–३ हजार ६ ३६ मिटर उचाइ) को भ्यू प्वाइन्टमा जान पर्यटकलाई निषेध गरेको छ ।

एसएसबीले तीन देशका हिमालको दृष्यावलोकन गर्न सकिने सन्दकपुरको चुचुरोमा जान र तस्विर खिच्न निषेध गरेको सूचना बोर्ड त्यहीं राखेको छ । एसएसबीले यसअघि सन्दकपुर चुचुरो जान, घुम्न, तस्विर खिच्न यस्तो निषेध गरेको थिएन ।

अहिले तस्विर खिच्न नदिने मात्र होइन, खिचिसकेको तस्विर डिलिट (मेट्न) गर्न लगाउने गरेको दुखेसो पर्यटकहरुको छ ।

पूर्वाधारविहीन यो चुचुरोमा भ्यूप्वाइन्ट बनाउने सन्दकपुर गाउँपालिकाको प्रयास असफल पारेपछि एसएसबीले त्यहाँ प्रवेशमा कडाइ गरेको हो । नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७