हङकङमा तनाव, अराजक बन्दै प्रर्दशन {फोटो फिचर सहित}


२ मंसिर २०७६, सोमबार
Hong Kong protests i

हङकङ, २ मंसिर :  हङकङमा तनाव झनै गहिरिएको छ । प्रदर्शनकारी र प्रहरीबीच झडप जारी छ । प्रर्दशन विस्तारै नियन्त्रण बाहिर जान थालेको छ । चीनको अर्धस्वशासित भूभागका रूपमा रहेको हङ्कङमा आन्दोलन सुरु भएयता आइतबारदेखि यताको प्रदर्शन सबैभन्दा उग्र रूप हो ।

प्रदर्शनकारीहरूले ठाउँ ठाउँमा सडक जाम गरेर अबरोध गरेका छन् । पेट्रोल बम, ढुङ्गा र अरू घातक हतियार प्रहार गरेपछि प्रहरीले अश्रुग्यास र पानीको फोहरा प्रयोग गरेको छ ।
प्रर्दशनकारीहरुले पोलिटेक्निक यूनिभर्सिटी (पोलियू) भित्र तोडफोड गरेका छन् । अहिले पोलियूलाई प्रहरीले घेरामा राखेको छ ।

प्रदर्शनकारीहरूले प्रहरीलाई लक्षित गर्दै पेट्रोल बम र बाण प्रहार गरेपछि विश्वविद्यालयका प्रवेशद्वारहरूमा आगो लागेको छ । सरकारविरोधी आन्दोलनका कारण हङ्कङ अस्तव्यस्त भएको छ ।

उग्र प्रदर्शनकारीहरूले प्रहरीलाई तारो बनाउने गरेका छन् । सोमवार भएको झडपमा प्रदर्शनकारीले प्रहार गरेको बाण खुट्टामा लागेर एक प्रहरी अधिकारी घाइते भएका छन्।

सरकारले मुख्यभूमि चीनलाई हङ्‍कङका नागरिक सुपुर्दगी गर्न सकिने प्रावधान भएको एउटा कानुन ल्याउने योजनाको विरोधमा गत जुन महिनामा हङ्‌कङ आन्दोलित भएको थियो।

सरकारले उक्त योजना फिर्ता लिएको भए पनि अहिले आन्दोलनको माग र स्वरूप बदलिएको छ।

बृहत् प्रजातान्त्रिक अधिकार दिइयोस् र प्रहरीलाई उत्तरदायी बनाइयोस् भन्ने मागसहित आन्दोलन चर्किएको छ।भर्खरै प्रशासनले हङ्‌कङ एक दशकमा पहिलो पटक आर्थिक मन्दीबाट प्रभावित भएको पुष्टि गरेको छ। केही समययता हङ्‍कङस्थित विश्वविद्यालयहरू प्रहरी र प्रदर्शनकारीहरूबीच सङ्घर्ष हुने स्थान बनेका छन्।

हङ्‌कङको प्रशासनलाई चीनको समर्थनप्राप्त छ।हङ्‌कङ सन् १९९७ सम्म ब्रिटेनको उपनिवेश थियो। अहिले  ‘एक चीन, दुई प्रणाली’ अन्तर्गत हङ्‌कङ चीनको अर्धस्वयात्त भूभागको रूपमा रहेको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७