कांग्रेसमा थपिंदै ‘गुट’ : संस्थापन एक, इतर चोइटिँदै


३ मंसिर २०७६, मंगलवार
congress 1

काठमाडौं, ३ मंसिर । नेपाली कांग्रेसभित्र गत १३ औं महाधिवेशबाट देखापरेको तीन गुट १४ औं महाधिवेशनको तयारी भइरहँदा बढेर पाँच पुग्ने क्रममा छ ।

कांग्रेसभित्र १३ औं महाधिवेशनबाट सभापति निर्वाचित भएका शेरबहादुर देउवा, सभापतिका प्रत्याशीद्वय रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाको आ–आफ्नै गुट सक्रिय रहिरहेकै बेला पछिल्लो समय पुरानो संस्थापन भनेर चिनिएको ‘कोइराला’ परिवारको अर्को गुट समेत सक्रिय भएको छ ।

यसैगरी, तत्कालीन लोकतान्त्रिक फोरमबाट कांग्रेसमा पार्टी एकीकरण गराएर उपसभापति बनेका विजयकुमार गच्छदारको समेत अलग्गै गुट बन्ने क्रममा छ । हाल संस्थापन समूहबाट सभापति देउवासहितको टिम आगामी महाधिवेशनका लागि बलियो बन्ने गरी अघि बढिरहेको छ भने वरिष्ठ नेता पौडेलले नेतृत्व गरिरहेको समूहभित्रबाट अर्को समूह निर्माण हुँदै आगामी महाधिवेशनका लागि रणनीति बनाउन लागेको छ ।

सो समूहबाट गत महाधिवेशनमा निर्वाचित भएका महामन्त्री डा. शशांक कोइराला र अर्का नेता डा. शेखर कोइरालासहितको नेतृत्वमा कांग्रेसभित्र अर्को गुट उदाउने क्रममा देखिएको छ । यो समूहले बेलाबेला आफू निकट मानिएका नेतालाई बोलाएर छुट्टै बैठकसमेत गर्दै आइरहेको छ ।

यसैगरी, १३औं महाधिवेशनपछि वैचारिक समूहका रूपमा उदाएको सिटौला समूहसमेत आगामी महाधिवेशनलाई लक्षित गरेर देशैभर आफ्नो गतिविधि बढाउने क्रममा छ ।

यस्तै कांग्रेससँग पार्टी एकता गराएर उपसभापति बनेका गच्छदार समेत आफ्नो गुटको स्थान देखाउन अहिले कुनै पनि गतिविधिमा आफूलाई सक्रिय देखाइरहेका छैनन् । उनले आगामी महाधिवेशनका लागि कता आफूलाई उभ्याउँछन् भन्नेबारे अहिले केही देखाएका छैनन् ।

कांग्रेस राजनीतिलाई विगतबाटै नजिकबाट नियाल्दै आइरहेका राजनीतिक विश्लेषक पुरञ्जन आचार्य कांग्रेसभित्र विगतदेखि नै महाधिवेशनको संघारमा बार्गेनिङका लागि गुट बन्ने र भत्कने क्रममा रहँदै छन् । राजधानी दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७