टाइटानिककी गायिका सेलिन डियोनको निजी विमान दुर्घटनामा मृत्यु !


३ मंसिर २०७६, मंगलवार
celine dion QwXitWukVE

काठमाडौं, ३ मंसिर । सोसल मिडियामा एउटा भिडियो भाइरल भइरहेको छ । जसमा चर्चित गायिका सेलिन डियोनको विमान दुर्घटनामा मृत्यु भएको खबर छ । क्यानडेली गायिका डियोनलाई हलिउडको ब्लकबस्ट टाइटेनिकको थीम गीत ‘माइ हर्ट विल गो अन’ का लागि चर्चित छिन् । यद्यपि, उक्त खबर मात्रै एउटा हल्ला भएको पत्ता लागेको छ ।

– भाइरल भिडियोमा सिएनएन न्यूज च्यानलको लोगो राखिएको छ ।
– क्याप्सनमा लेखिएको छ, ‘क्यानडेली सुपरस्टर एवं गायिका लेजेन्ड सेलिन डियोनको निजी विमान दुर्घटनामा मृत्यु भएको छ ।
– यो खबरलाई फेसबुकमा पनि सेयर गरिँदैछ ।

celine dion1 60D3iTK7Bo

के हो वास्तविकता ?
– सिएनएनको नामबाट यो खबर भाइरल गरिँदैछ जबकी सीएनएनले यस्तो कुनै पनि समाचार प्रकाशित गरेको छैन ।
– डियोन जीवित छिन् र विमान दुर्घटना जस्तो कुनै पनि घटना घटेको भएको छैन ।
– उक्त भाइरल भिडियो एडिट गरिएको छ । जुन वेबसाइटले यसलाई अपलोड गरेको त्यसले कुनै विश्वासिलो स्रोतबारे पनि जानकारी दिएको छैन । यो वेबसाइटको होमपेज पनि छैन ।
– अन्य कुनै पनि विश्वासिलो न्यूज च्यानलले यो खबर प्रसारण गरेको छैन । यस्तै, डियोन ट्वीटरमा सक्रिय छिन् । केही घण्टा अघि उनले गरेको ट्वीट देख्न सकिन्छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७