मन्त्रीमण्डल फेरबदलको विषयमा अध्यक्षको नाम ‘दुष्प्रचार’ गरियो : प्रचण्डको सचिवालय


३ मंसिर २०७६, मंगलवार
Prachanda

काठमाडौं, ३ मंसिर । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिमण्डल फेरबदलको विषय आफ्नो नभई प्रधानमन्त्री केपी शर्मा ओलीको क्षेत्राधिकारको कुरा भएको स्पष्ट पारेका छन् ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै प्रचण्डको सचिवालयले मन्त्रीहरूका विषयमा प्रचण्डलाई जोडेर विभिन्न सञ्चारमाध्यममा ‘दुष्प्रचार’ गरिएको भन्दै समाचारको खण्डन गरेको छ ।

‘मन्त्रिमण्डल फेरबदलको विषय प्रधानमन्त्री केपी शर्मा ओलीकै क्षेत्राधिकारको विषय रहेको कुरा अध्यक्ष कमरेड प्रचण्डले बारम्बार जोड दिइरहनु भएको तथ्य सबैमा विदितै छ,’ प्रचण्डको सचिवालयले भनेको छ, ‘पत्रकारिताको सामान्य मूल्य–मान्यता समेत ख्याल नगरी भएको यस प्रकारको दुष्प्रचारको भ्रममा नपर्न सबैमा आग्रह गर्दछौं ।’

केही दिनयता विभिन्न सञ्चारमाध्यममा ओली मन्त्रिपरिषदमा फेरबदल हुन लागेको समाचार निरन्तर प्रकाशित भइरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल फेरबदलका लागि पार्टीका शीर्ष नेताहरुसँग छलफल समेत गरेको कुरा सञ्चारमाध्यमहरुमा आएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७