फेरि बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?


३ मंसिर २०७६, मंगलवार
gold 2

काठमाडौं, ३ मंसिर । नेपाली बजारमा निकै लामो समयदेखि सुनको भाउमा उत्तार चढाव आइरहेको छ ।

केहि दिन स्थिर रहेको जस्तो देखिए पनि बजारमा समग्रमा भन्दा सुनको मूल्य बढिरहेको छ । मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

सोमबार तोलामा ७१ हजार ६०० रुपैयाँ मा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार तोलामा रु ४०० बढेर ७२ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

यस्तै तेजावी सुन ७१ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । यस्तै चाँदी तोलामा रु ८६० मा कारोबार भएको छ । यसअघि सोमबार चाँदी तोलामा रु ८५० मा कारोबार भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७