मन्त्रिमण्डल पुनर्गठन आजै, यी चार मन्त्री हट्ने निश्चित


४ मंसिर २०७६, बुधबार
nekapa sachibalaya 1

काठमाडौं, ४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले आजै मन्त्रिमण्डल पुनर्गठन भएका छन् । अहिलेसम्म चार मन्त्री हट्ने पक्का भएको स्रोतले जानकारी दिएको छ । थप केही मन्त्री हट्ने भनिए पनि को–को हुन् भन्ने अहिलेसम्म टुङ्गो लागेको छैन ।

स्रोतका अनुसार अहिलेसम्म कृषिमन्त्री चत्रपाणि खनाल, उद्योगमन्त्री मात्रिका यादव र कृषि राज्यमन्त्री रामकुमारी चौधरी हट्ने पक्का भएको छ । यस्तै पूर्व एमालेबाट महिला बालबालिकामन्त्री भएकी थममाया थापा पनि हट्ने पक्का भएको छ ।

पूर्व एमालेबाट अरु केही मन्त्री हट्ने भनिए पनि टुङ्गो लागेको छैन । सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित र श्रममन्त्री गोकर्ण विष्टमध्ये एक हट्न सक्ने स्रोतले जानकारी दिएको छ । नयाँ मन्त्री को–को हुने भन्ने समेत टुङ्गो लागिनसकेको स्रोतले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७