लिपुलेक, कालापानी समेटिएको नेपालको नक्सा सार्वजनिक


८ मंसिर २०७६, आईतवार
1574594456wit Kalapani map

काठमाडौं, ८ मंसिर । नागरिक समाजका तर्फबाट गठन गरिएको सीमा बचाऊ अभियानले लिमपियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नक्सा सार्वजनिक गरेको छ।

रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरी समितिले नेपालको नक्सा सार्वजनिक गरेको हो। नक्सा तयारबारे जानकारी दिँदै अभियानका प्रा.डा. नरेन्द्रराज खनालले विज्ञका हिसाबले नदीको रेखांकन गरिएको बताए। ‘डिजिटल एलिभेसन मोडेलबाट रेखांकन गरेका हौं।’

सीमा बचाऊ अभियानको नक्सा समितिका विज्ञ कोमलचन्द्र बरालले लिम्पियाधुरालाई पश्चिमी नेपालको सीमा मानेर नक्सा तयार पारिएकाले यसलाई विश्वव्यापी बनाउने जानकारी दिए।

नागरिक अगुवा तथा सीमा बचाऊ अभियानका संयोजक भैरव रिसालले नेपालको नक्साबारे घर घरमा चर्चा हुनुपर्ने बताए। भारततर्फबाट नेपाली भूभागमा गोलमाल भएको कारण नयाँ नक्सा सार्वजनिक गर्नुपरेको उनको भनाई थियो। ‘हामीले अरुको जमिन नलिने र हाम्रो जमिन अलिकति पनि नछोड्ने मूल सिद्धान्त हो’  उनले भने । 

नापी विभागका पूर्व महानिर्देशक पुण्य दाहालले कालीनदीको मुहानबारे प्रमाण रहेको भन्दै आफूहरुले पनि विगतमा यसबारे काम गरेको सुनाए। पूर्व राजदूत हिरण्यलाल श्रेष्ठले भारतले निकालेको नक्सालाई काउन्टर गर्न नक्सा सार्वजनिक गरिएको बताए। उनले भने, ‘हामीले गर्नुपर्ने काम तपाईंहरुले गर्नुभएकोमा धेरै धन्यवाद छ।’

पूर्व राजदूत हिरण्यलाल श्रेष्ठले भारतले निकालेको नक्सालाई प्रतिवाद गर्न नक्सा सार्वजनिक गरिएकोमा खुशी व्यक्त गरे । उनले भने, ‘भारतको नयाँ नक्सालाई हामीले मिलेर प्रतिरोध गर्न आवश्यक छ।’

पूर्वसचिव तथा अभियानकर्ता द्वारिकानाथ ढुंगेलले तयार पारिएको नक्सा नेपाल सरकारसम्म पुर्‍याउने जानकारी दिए । नक्सा तयार भएकाले सबै क्षेत्रमा पुर्याउनुपर्नेमा जोड दिए । संयुक्त राष्ट्रसंघसम्म नक्सा पुर्याउनेबारे सोचाइरहेको उनको भनाइ थियो।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७