मेगा बैंकले पायो ‘बैंक अफ दी एयर २०१९ अवार्ड’


१३ मंसिर २०७६, शुक्रबार
megha bank 55

काठमाडौं,१३ मंसिर । मेगा बैंक नेपाल लिमिटेड सन् २०१९ को ‘बैंक अफ दि इयर’ बाट सम्मानित भएको छ ।

बेलायतको लण्डनस्थित फाइनान्सियल टाइम्सले प्रकाशित गर्ने ९० वर्ष भन्दा बढी इतिहास बोकेको विश्वविख्यात पत्रिका ‘दि बैंकर’ ले सन् २०१९ का लागि अन्तर्राष्ट्रियस्तरमै प्रतिष्ठित ‘बैंक अफ दि एयर २०१९, नेपाल’ बाट मेगा बैंकलाई सम्मान गरेको हो ।

लण्डनमा बिहीबार एक समारोह बीच मेगा बैंकका अध्यक्ष भोजबहादुर शाह र प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले ‘बैंक अफ दि एयर, २०१९’ को सम्मान ग्रहण गरेका हुन् ।

‘दि बैंकर’ले विश्वभरका १२० भन्दा बढी राष्ट्रहरुका १ हजार भन्दा बढी बैंकहरु मध्ये हरेक राष्ट्रबाट एउटा उत्कृष्ट बैंकको छनौट गरी बैंक अफ दि इयर पुरस्कारबाट सम्मानित गर्ने गरेको छ ।

सम्मान ग्रहण गरेपछि मेगा बैंकका अध्यक्ष शाहले अनवरत रुपमा ग्राहकवर्गलाई उत्कृष्ट वित्तीय सेवा प्रदान गर्दै थप हौसलाका साथ अघि बढ्न यो सम्मान मेगा बैंकका लागि कोसेढुङ्गा भएको बताए ।

यसैगरी, मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीले नौ वर्षको छोटो सञ्चालन अवधिमै गुणस्तरीय बैंकिङ सेवा तथा सुविधाहरु प्रदान गरेर प्रतिस्पर्धाको अग्रपङ्क्तिमा रहन सफल भएको बताइन ।

यसै साता मेगा बैंकले अन्तर्राष्ट्रिय मापदण्ड बमोजिमको गुणस्तरीय व्यवस्थापन प्रणाली अनुशरण गरेवापत ‘आईएसओ ९००१ः२०१५’ प्रमाणपत्र समेत प्राप्त गरेको थियो । तीब्रगतिका साथ ग्राहकको विश्वास जित्दै अघि बढ्दै गरेको मेगा बैंकका १११ वटा शाखा कार्यालय, २१ वटा एक्सटेन्सन काउण्टर, ११२ वटा एटिएम मेसिन, ११९ वटा शाखारहित बैंकिङ्ग केन्द्रहरु तथा २५ सयभन्दा धेरै मेगा रेमिटका प्रतिनिधिहरु रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७