पुरुष भलिवलमा पाकिस्तान र श्रीलंका सेमिफाइनलमा प्रवेश


१४ मंसिर २०७६, शनिबार
Pakistan vs srilanka

काठमाडौं, १४ मंसिर । पाकिस्तान १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत पुरुष भलिबलको समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा शनिबार समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई ३–१ को सेटमा पराजित गर्दै पाकिस्तान समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । पाकिस्तानले सुरुवाती सेट गुमाएपनि उत्कृष्ट पुनरागमन गरेको थियो । पहिलो सेट ३०–२८ ले गुमाएको पाकिस्तानले त्यसपछिको तीन सेटमा लगातार जित निकाल्यो ।

पाकिस्तानले दोस्रो सेटमा २५–१८, तेस्रो २५–२० र अन्तिम सेट २५–२१ ले जितेको थियो ।

जितसँगै पाकिस्तानले समूह ’बी’ बाट २ खेलमा ४ अंक जोड्यो । श्रीलंकाले २ खेलमा २ अंक जोड्यो । श्रीलंका उपविजेता बन्दै अन्तिम चारमा पुगेको छ । यस समूहबाट दुवै खेल गुमाएको माल्दिभ्स बाहिरिएको छ ।

अब पाकिस्तानले सेमिफाइनलआम समूह ’ए’ को उपविजेता बंगलादेशसँग खेल्नेछ । यस्तै श्रीलंकाले समूह ’ए’ को विजेता भारतसँग खेल्नेछ ।

पुरुष भलिबलको सेमिफाइनल खेल आइतबार हुनेछ । पुरुष भलिबलमा आयोजक नेपाल समूह चरणबाटै बाहिरिसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७